नेप्सेमा साढे १० लाख कित्ता शेयर सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लि.मा सुपरमादी हाईड्रो पावर लि.को ५ प्रतिशत बोनस शेयर सूचीकृत भएको छ ।
आज बिहीबार नेप्सेमा सुपरमादी हाईड्रो पावर लि.को ५ प्रतिशत बोनस शेयर अर्थात् १० लाख ५० हजार कित्ता शेयर सूचीकृत भएको हो ।